बाँदरविरुद्ध प्रशासनमा उजुरी

बाली जोगाउन ६ महिना बाँदर धपाएरै बस्नुपर्छ
Rhesus family

ओखलढुंगा, भदौ ७ – कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए । उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो ।

बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे । कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन् । समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन् ।

पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ । बजारबाट फर्किएर बारीमा पुग्दा एक घोगा पनि देखिएनन् । उनी बारीको बिचैमा बसेर ग्वा ग्वा रोइन् ।

बाँदरका सास्तीबाट हैरान भएका कुन्तादेविका दर्जनबढी किसान आइतबार जिल्ला प्रशासनमा डेलिगेशन आए । ‘कि त भोकले मान्छे मर्नुपर्‍यो, कि त बाँदर मर्नुपर्‍यो ।

दुई मा एक त हुनै पर्ने भो’, डेलिगेशन लिएर आएकी हेमकुमारी तामाङले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई भनिन्,‘दुबैलाई बचाउने हो भने राज्यले किसानको क्षतिपूर्ति दिनुपर्‍यो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply