नेविसंघको पहिलो बैठकमा स्ववियु निर्वाचनलाई पहिलो प्राथमिकता

नेविसंघ

काठमाडौं,भदौ ७ – नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ ।

नेविसङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पहिलो वैठकमा स्ववियु निर्वाचन बारे छलफल गर्न लागिएको नवनिर्वाचित केन्द्रीय सदस्य जानुका पन्तले जानकारी दिइन् ।

यस्तै, बैठकमा विद्यार्थीले सवारी आवतजावतमा पाउने सहुलियत, आगामी नेपालको शिक्षा प्रणालीको बारेमा समेत छलफल हुनेछ ।

नौ वर्षपछि भदौ ३ गते सम्पन्न महाधिवेशनले नैनसिंह महरलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । बैठक बिहीबार बिहान ८ बजे निर्वाचन समितिबाट प्रमाण पत्र प्राप्त गरेलगत्तै बस्नेछ ।

सोही दिन नेविसङ्घको निवर्तमान केन्द्रीय समितिले काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम रहेको बताएको छ |

Leave a Reply