भारतबाट के सन्देश लिएर स्वदेश फर्किए उपप्रधानमन्त्री निधि

उपप्रधानमन्त्री

काठमाडौँ ,भदौ  ७ – उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो ५ दिने भारत भ्रमण सकिएर आज स्वदेश फर्किएका छन् |

पाँच दिने भारत भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निधिले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको बताए ।

भारतसँग केही समय पहिला देखिएको उतावचढाव सबै अन्त्य भएको बताउँदै उनले भने, ‘मेरो भ्रमम निकै फलदायी रह्यो । भारतले पनि महत्वका साथ लियो र उच्च सम्मान दियो । अब नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह लगायतका सँग भेट गरेका थिए ।

भारतमा रहँदा भएको उच्चस्तरीय भेटवार्ताका क्रममा सबै भारतीयहरुले संविधानको कार्यान्वयन तथा संशोधनलगायतका विषयमा चासो राखेका थिए । यस्तै भारतले संविधान संशोधनमा विशेष चासो राख्दै त्यसका लागि लागिपर्न सुझाव दिएका थिए ।

प्रचण्ड नेतृत्वको. सरकार गठन हुनुअघि मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौतामा पनि संविधान संशोधनको विषयलाई समेटिएको छ । मोर्चासँग सम्झौता भइसकेको सो विषयमा भारतले समेत संशोधन आवश्यक रहेको भन्ने् सन्देश निधिको भारत भ्रमणका क्रममा दिएको छ ।

 

Leave a Reply