तरुणदल महाधिवेशनमा शक्ति संघर्ष बढ्दै, अध्यक्षमा शाहीको उम्मेदवारी

तरुणदल महाधिवेशनमा

काठमाडौँ, भदौ ७ – विगत एक दशक अघिदेखि हुन नसकेको नेपाली कंग्रेसको भातृ संस्था नेविसंघको महाधिवेशन झन्डै दुइ साता लगाएर भर्खरै सकिएको छ। नेविसंघको चर्चा सेलाउन नपाऊँदै कांग्रेसभित्र तरुणदल महाधिवेशनको सर्गर्मी बढन थालेको छ।

यहि भाद्र २४, २५ र २६ गते पोखरामा हुने महाधिवेशनको तयारी तिब्र गतिमा भैरहेको छ भने नेतृत्वमा जान चाहनेहरुको संख्या पनि उल्लेख्य हुने भएको छ। महाधिवेशन नजिकै आउँदै गर्दा अध्यक्षका उम्मेदवारहरु सक्रिय हुन थालेका छन।

उम्मेदवारहरु देश दौडाहामा निस्किएका छन् भने मातृ पार्टी नेपाली कांग्रेसमा फेरी शक्ति संघर्ष बढ्न थालेको छ ।

तरुण दलको अध्यक्षमा कर्ण बहादुर मल्ल, जन्मजय तिमेल्सेना, मेदनी सिटौला, भुपेन्द्र जङ शाही, पदम पालुङ, लक्ष्मी खतिवडा, दामोदर कोइराला, नारायण भट्टराई, टेकराज पौडेल लगायतको उम्मेदवारी पर्ने भयको छ।

महाधिबेशन आयोजक समितीका सदस्यहरु उम्मेद्धार हुन नपाएको खण्डमा पार्टी को स्रोतले बताए अनुसार देउवा खेमा बाट पदम पालुङ र पौडेल खेमाबाट दामोदर कोइराला वा भुपेन्द्र जङ शाही अध्यक्षमा उठ्ने सम्भावना छ।

भुपेन्द्र जङ शाही नेबिसघका पुर्ब केन्द्रिय उपाध्यक्ष हुन। गत संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही कांग्रेसको महासमिति सदस्य पनि हुन। उनलाई कांग्रेस बरिष्ठ नेता राम्चन्द्र पौडेलको बिश्वास पात्रको रुपमा हेरिएको छ।

2 टिप्पणी

Leave a Reply