मधेसी मोर्चा पनि सरकारमा जाने

पनि

काठमाडौँ, भ्दौ७- संविधान जारी हुनुअघिदेखि आन्दोलनमा रहेको मधेसी मार्चा पनि सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मत दिएर प्रधानमन्त्रीमा जिताएको मधेसी मोर्चाले यसअघि सरकारमा नजाने बताउँदै आएको थियो ।

मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएपछि मोर्चा पनि सरकारमा जाने निश्चित भएको हो ।

आगामी भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएकाले त्यसअघि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने र मोर्चा पनि सरकारमा सहभागी हुने सहमति भएको मोर्चा संघीय समाजवादी फोरमका एक केन्द्रीय सदस्यले बताए ।

‘राजनीतिक गरेपछि सरकारमै नजाने भन्ने कुरा छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘सहमति नजिक पुगेको छ, छिट्टै नै मोर्चा सरकारमा सहभागी हुन्छ ।’ मधेसी मोर्चासँग भएको सत्तागठबन्धन कांग्रेस–माओवादीले गरेको तीन बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढेको र संविधान संशोधनको दोस्रो विधेयक संसदमा दर्ता भए लगत्तै मोर्चा सरकारमा जाने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक संविधान संशोधन तथा सरकार गठनका विषयमा मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेको माओवादी स्रोतले बताएको छ । मोर्चासँगको सहमतिबिना स्थानीय निकायको निर्वाचनसमेत कठिन हुने भन्दै वर्तमान सत्तागठबन्धन दलहरुले मोर्चासँगको सहमतिका लागि जोड दिँदै आएका थिए ।

मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयन प्रक्रियामा अघि बढेको तथा मधेस आन्दोलनका क्रममा सहिद परिवार तथा घाइतेहरुलाई राहत दिने सरकारको निर्णय सकारात्मक भएको मोर्चाका नेताहरुले बताएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न मोर्चाको शीर्ष नेताहरुबीच बुधबार छलफल हुने भएको छ ।

Leave a Reply