विपक्षमा रहेका दलहरु सरकारविरुद्ध मोर्चाबन्दीको तयारीमा जुट्ने

प्रहरीवृत्त

काठमाडौँ, भदौ ७- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका दलहरु सरकारविरुद्ध मोर्चाबन्दीको तयारी जुट्ने भएका छन ।

सरकारको विपक्षमा मतदान गरेका दलहरुलाई मोर्चामा ल्याउन एमाले प्रयासमा जुटेको छ । उक्त गृहकार्यको सुरुवात स्वरुप एमालेसहित विपक्षी दलका नेताहरुको पहिलो बैठक मंगलबार धुम्बाराहीमा बसेको थियो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियता कमजोरबनाँउने क्रियाकलाप हुन सक्ने भन्दै त्यसबारे एकताबद्ध भएर लाग्नु पर्ने बताएका थिए । ओलीले संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने बताउँदै एकताबद्ध र चनाखो हुन पनि आवश्यक रहेको बताएका थिए ।

एमालेसहित बसेको विपक्षी दलको वैठकले संविधानको कार्यान्वयनका लागि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । विपक्षी दल कसरी एकताबद्ध भएर संसदमा प्रस्तुत हुन सकिन्छ भन्नेबारेमा मेत वैठकमा छलफल भएको ढकालले बताए ।

बैठकमा प्रधानमन्त्रीको निर्वाचनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने एमालेसहित राप्रपा नेपाल, नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायत दलका नेताहरु सहभागी भएका थिए ।

Leave a Reply