शिक्षा मन्त्रालय माग्दै नारायणकाजीद्वारा देउवालाई फोन

शिक्षा मन्त्रालय माग्दै नारायणकाजी

काठमाडौं, भदौ ८ – आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले मोबाइल घण्टी बज्नासाथ यसो डिस्प्लेमा हेरे र रिसिभ गरे, हेलो, को हो ? के हो ? नमस्कार ! सञ्चो बिसञ्चो, किन फोन गरेको ? केही सोधनन् बरु फटाफट भन्न थाले, ‘तिमीलाई शिक्षा मन्त्रालय चाहिएको होइन ? मैले थाहा पाइसकेँ । मलाई गाह्रो छ क्या, कुरा बुझ, विमलेन्द्रलाई आउन देऊ न !’

फोन गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले यही शैलीमा देउवाबाट जवाफ पाएको त्यो पाँचौं पटक थियो । काजीले फोनमा केही भन्न नभ्याउँदै देउवा उही वाक्य दोहोर्याउन थाल्छन् ।

हुन पनि प्रचण्डले प्रधानमन्त्री शपथ लिएकै दिन शिक्षा मन्त्रालय माओवादीलाई र स्वास्थ्य मन्त्रालय कांग्रेसलाई दिने सल्लाह भएको थियो ।

कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, रमेश लेखक र माओवादीका तर्फबाट प्रचण्ड, नारायणकाजी र महरा बसेर यस्तो सहमति बनाएका हुन् ।

अघिल्लो क्याबिनेटमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय पाएका थिए । उनलार्य दोहोर्याउन नमिलेपछि माओवादीमै नारायणकाजी निकट रहेका डिआर पौडेललाई उक्त मन्त्रालय दिने गरी कुरा मिलाइएको हो ।

तर, कांग्रेसले शिक्षा लिने इच्छा देखाएपछि अहिले शपथ खाएर पनि उनले कुनै मन्त्रालय पाएका छैनन् ।

डिआर पेण्डुलम भएर बसिरहेको अवस्थामा उनैलाई शिक्षा मन्त्रालय दिने सहमति कांग्रेसबाट आओस् भन्ने इच्छा जाहेर हुन्छ कि भन्ने बुझाईको आधारमा हतारहतार देउवाले त्यसरी फोनमा जवाफ दिन थालेका हुन् ।

सबै शिक्षकबीच राजनीति घोल्न पाइने र त्यसको दिर्घकालिन प्रभाव रहने हुदा शिक्षाको राजनीतिक आकर्षण छ भने निकै ठुलो रकम परिचालन हुने हुँदा स्वास्थ्य पनि आफैं चलाउन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्ने गर्छ |आजको जनआस्था साप्ताहिकमा खबर छ ।

 

Leave a Reply