अक्रोषित किसानले गरे सुगर मिल कर्मचारीलाई कुटपिट

सुगर मिल कर्मचारीलाई कुटपिट
  • रबिन्द्र यादव

नवलपरासी, भदौ ८ – प्रदुषण पीडित संघर्ष समिति र किसानहरुले इन्दिरा सुगर मिल गंगापुरका कर्मचारी प्रहलाद यादव र उनका छोरा मुन्ना यादवलाई कुटपिट गरेका छन् । समिति र पीडित किसानहरु हुने भनिएको बार्तामा मिल मालिक मापदण्ड अनुसार कागजपत्र लिएर नआएपछि आक्रोसित स्थानीयले झडपको क्रममा कुटपिट गरेका हुन ।

मिलले दुषित पानी कंगली र चुर्निया खोलामा ढल निकास गरेपछि वरिपरि किसानले लगाएको सयौ बिगहा धानबाली तरकारी र केरा खेती नष्ट भएपछि स्थानीय आन्दोलित हुँदै आएका छन् ।

मानव स्वास्थ्य मा गम्भीर असर पारेको, खानेपानी दुषित भएको, लामखुट्टे को बिगबिगी भएको भन्दै गत २७ गते देखि किसानहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

संघर्ष समिति का संयोजक विनोद यादवले जानकारी दिए अनुसार भोलि देखि बाताबरण विभाग का राजेश्वर पौडेलको नेतृत्वमा कृषि कार्यालय मिलको पानी, धुवा, धुली चेक, ब्यालर लगायतको परिक्षण गरि सात दिन भित्र जिल्ला प्रशासन कार्यालय मा बुझाइने आज सम्झौता भएको बताउनु भयो । संघर्ष समितिले मिल मालिक सँग मात्र बार्ता गर्ने अडान लिएका छन् ।

किसानहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय मा ज्ञापनपत्र समेत बुझाउदा सम्बन्धित निकायले ध्यान नदिएको किसानहरुको गुनासो छ । यता जिल्ला प्रमुख अधिकारी महादेव पन्तले किसाहरुले अविलम्ब क्षतिपूर्ति पाउने बताउदै बताएका छन् ।

जिल्ला प्रमुख अधिकारीले क्षतिपूर्तिको विवरण एक हप्ता भित्र प्रशासन कार्यालयमा पेश गर्न किसानहरुलाई अनुरोध गरेका छन । कतिपय किसानहरुले अहिले सम्म क्षतिपूर्ति विवरण पेश गरेमा छैनन् ।

Leave a Reply