इटालीमा शक्तिशाली भूकम्प

इटालीमा शक्तिशाली भूकम्प

रोम, भदौ ८ – इटालीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । एजेन्सी

 

Leave a Reply