धर्म परिवर्तन गराउन खोजेको आरोपमा अमेरिकी नागरिक झापामा पक्राउ

चरेस किनबेच

झापा, भदौ ८ – धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई बनियानी ४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनुसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आफू आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएको बताइएको छ ।

 

Leave a Reply