शिक्षा सुधारका ११ बुँदे माग पेस गर्दै अभिभावक सङ्घद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भारत भ्रमण

काठमाडौँ, भदौ ८  –  शिक्षा क्षेत्रको सुधारको माग गर्दै बुधबार दुई अभिभावक सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाल अभिभावक सङ्घ र नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष क्रमशः सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाले शिक्षा सुधारका ११ बुँदे माग पेस गर्दै संयुक्तरुपमा ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा शिक्षा मन्त्रालयका सचिव, शिक्षा विभागका महानिर्देशक र अनुदान आयोगका पदहरु खाली हुँदा दैनिक कार्यमा समेत असर   परेकाले पदपूर्ति गर्नुपर्ने,उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने, सामुदायिक विद्यालयको पढाइस्तर वृद्धि गर्न आकर्षक व्यवस्थापन र   प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार बनाउनुपर्ने, छात्रवृत्ति लक्षित समुदायमा पुग्नुपर्ने, समयमा नै पाठ्यपुस्तक पुग्नु पर्ने लगायतका माग राखेका छन् ।

यसैगरी व्यावहारिक शिक्षा लागू गर्नुपर्ने, वैशाख १५ गतेलाई अभिभावक दिवस घोषणा गर्नुपर्नेसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मागप्रति आफू सकारात्मक भएको भन्दै शिक्षामा सक्दो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल अभिभावक सङ्घका अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

Leave a Reply