इटालीमा गएको शक्तिशाली भूकम्पमा परी २१ जनाको मृत्यु

इटालीमा गएको शक्तिशाली भूकम्प

काठमाडौं, भदौ ८ – इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

राजधानी रोम नजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

अमाट्रिसे सहरका मेयरकाअनुसार सहरको आधाभाग पूर्णरुपमा ध्वस्त भएको छ ।

यस्तै, अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको थियो ।

भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो ।

 

Leave a Reply