संविधान संशोधन नभए सम्म मधेसी मोर्चा सरकारमा नजाने – हृदयेश त्रिपाठी

संविधान संशोधन नभए सम्म मधेसी मोर्चा सरकारमा नजाने - हृदयेश त्रिपाठी

रबिन्द्र यादव,

नवलपरासी, भदौ ९ –  तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधन गरि मधेसी र थारुको अधिकार सुनिश्चितता कायम नभए सम्म मधेसी मोर्चा वर्तमान सरकारमा सहभागी नहुने बताउनु भएको छ ।

अाफ्नो गृह जिल्ला नवलपरासीको हरपुर गाउँ विकास समितिमा हाल वर्तमान सम समाहिक राजनीतिक बिषयमा जानकारी गराउने उद्देश्य साथ पत्रकार सम्मेलन गरि यस्तो बताउनु भएको छ ।

नेकपा माअोवादी केन्द्र, नेपाली काङ्ग्रेस र मोर्चा संग त्रियपक्षिय तिने बुदे सहमति पछि वर्तमान प्रचण सरकारको गठनमा मतदान गरेको दाबी गर्नु भयो ।

तीन बुदे सहमति मध्ये वर्तमान सरकारले दोस्रो बुदा मा रहेको मधेस अान्दोलनका मृतकलाई सहिद घोषणा, घाइतेलाई नि शुल्क उपचार, मुद्दा लगाइएका लाई मुद्दा फिर्ता, क्षतिपूर्ति, छानबिन अायोग गठन जस्ता माग वर्तमान सरकार सकरात्मक संकेत चालेको परिचय दिएपनि मुलभुत माग सम्बोधन गर्न नसकेमा गुनासो गर्नु भएको छ साथै बाकि रहेका अति महत्त्वपूर्ण संविधान संशोधन कार्य विवाद टुङ्गो लगाउने वर्तमान सरकारले छिटै कदम चाल्ने समेत विश्वास गर्नु भएको छ ।

जारि गरिएको संविधानमा ८८ ठाउँमा धारा उप धारा संशोधन गर्नु पर्ने देखिएको जानकारी दिनु भएको छ । वर्तमान सरकारले अान्दोलनको मुख्य विषय वस्तु अधारभुत माग मात्र संबोधन गरेर मोर्चाको अान्दोलन नरोकिने दाबी गर्नु भयो ।

प्रान्तीय सरकाले गाउँपालिका छुट्टाउने बताउदै संघिय प्रणालीमा संविधान संशोधन गरि प्रान्तीय निर्वाचन गरि स्थानीय निर्वाचन गर्नु हुने सुझाव दिनु भएको छ ।

राष्ट्रिय सभा बिना संसद एकामी रहने बताउदै यसमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनु हुदै अापत्ति प्रकट गर्नु भएको थियोे । संविधान संशोधन र कार्यवन्य नभए सम्म मोर्चा सरकारमा नजाने ठोकुवा गर्नु भयो ।

हाल वर्तमान सरकार संग बुदा नम्बर एकमा अनौपचारिक संवाद चलिरहेको बताउनु भएको छ । तराईमा अाएको बाढिले किसानले लगाएको धानबालीमा बढि नोक्सानी भएको भन्दै सरकार अविलम्ब क्षतिपूर्ति दिनु पर्नेमा जोड दिदै प्रशासनले लगत संकलनमा तयार गर्न ढिलाइ गरेको भन्दै मोर्चाको ध्यानाकर्षण भएको बताएका छन ।

पत्रकार सम्मेलनमा मोर्चाका जिल्ला संयोजक मुकुल जी गिरी, तमलोपा केन्द्रीय सदस्य पुरन चौधरी, तमलोपा जिल्ला सचिव राधे रमण पाण्डे लगायत कार्यकर्ताहरुको सहभागीता थियोे ।

Leave a Reply