माओवादी केन्द्रलाई सरकारी जमिन दिएको खुलासा

माओवादी केन्द्र

काठमाडौं, भदौ ९ – पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्रको पार्टी कार्यालयका लागि पाँच कट्ठा ऐलानी जग्गा भोगचलन गर्न दिएको  तथ्य सार्वजनिक भएको छ ।

वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा अवस्थित किता नम्बर ७५ मध्येको पाँच कट्ठा ऐलानी जग्गा माओवादी केन्द्रको पार्टी कार्यालयका लागि ५० वर्षसम्म लिजमा दिने निर्णय समितिले गरेको हो ।

प्रजिअ घिमिरे संयोजक रहेको समितिले एक दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको पर्खालछेउमै रहेको उत्त ऐलानी जगा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनका लागि उपलव्ध गराउने निर्णय गरेको छ |

निजी भवन वा जगा नहुँदा पार्टी सञ्चालनमा अतिनै कठिनाइ भएकाले जग्गा उपलव्ध गराइदिन भन्दै सो पार्टीको जिल्ला कार्यसमितिले गत आइतबार प्रजिअ घिमिरे संयोजक रहेको समितिलाई निवेदन दिएको थियो । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

Leave a Reply