सुस्ताका नेतृत्वकर्ता १८ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

सुस्ताका नेतृत्वकर्ता

काठमाडौं, भदौ ९ – भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो ।

विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो ।

आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी नेपाली मुद्दा चलाइएको थाहा पाएपछि त्रसित भएका छन् ।

हडपिएको नेपाली भूमिमा कब्जा जमाइराख्नका लागि भारतीय पक्षाले नेपालीहरूलाई डर त्रास देखाउन मुद्दा चलाएको आरोप सुस्तावासीले लगाएका छन् ।

सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्थित बगाहाको नौरगिया कटाहा खेतामा शव फेला परेको थियो ।

सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएपछि नेपाली आक्रोशित भएका छन् । नेपालीहरुविरुद्ध विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।

मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply