भक्तपुरमा जन्ती बस दुर्घटना, २९ जना घाइते

उदयपुरमा बस दुर्घटना, ९ घाइते

भक्तपुर, भदौ ९ – भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नम्बरको ७ नम्बर रुट चल्ने रिजर्भ बस बिहीबार बिहान ११ः४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

घाइते हुनेहरुमध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सङ्ख्या थप हुन सक्ने उनले जानकारी दिए । (रासस)

 

Leave a Reply