सम्झौता विपरीत बिद्युत कटौतीले स्थानीय सास्तीमा

बिद्युत कटौतीले स्थानीय सास्तीमा
  • रबिन्द्र यादव

 नवलपरासी, भदौ ९ – नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रको गुठी सुर्यपुरामा रहेको एक मात्र गण्डक जलविद्युत केन्द्रले सम्झौता विपरीत साझको बेला पटकपटक बिद्युत कटौती गर्दा १२ गाउ विकास समितिका बासिन्दा गृहणी बिद्यार्थी उद्योगी व्यापारीहरुले समस्या खेप्नु परेको छ ।

गण्डक जलविद्युत केन्द्र संग वरिपरिको १२ किलोमिटर सम्म लाइन कटौती न गर्ने सम्झौता भएको तापनि केन्द्रले पटकपटक लाइन काटिरहेको तराई मधेस बिद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले बताउनु भएको छ ।

साझको बेला बिद्धुत कटौतीले बिद्यार्थीहरुको पढाइमा प्रत्यक्ष असर पारेको भन्दै मौर्याले तराई मधेस बिद्यार्थी फ्रन्टले आन्दोलन गर्नुको विकल्प नरहेको चेतावनी दिनु भएको छ ।

उता गण्डक जलविद्युत केन्द्र का सहायक इन्जिनियर ओमप्रकाश चौधरीले साझको बेला ओभर लोडले आफै ट्रिपिङ्ग भइरहेको साझासबाल लाई बताउनु भएको छ ।

वि.सं १९०३ मा निर्माण उद्घाटन भई बनेको गण्डक जलविद्युत केन्द्रको पुरानै सामग्री बिग्रेपछि त्यही पुनः मर्मत गरि प्रयोग गर्दै आइ रहेको हुनाले बिद्धुत कटौती समस्या झन थपदै गइरहेको जानकारी दिनु भयो सम्बन्धित निकायलाई पटकपटक सुचित गर्दा पनि ध्यान  नदिरहेको गुनासो समेत गर्नु भएको छ ।

Leave a Reply