इटालीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७

भूकम्प

इटाली, भदौ ९- इटालीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७ पुगेको छ। अझै कयौं मानिसहरु हराइरहेको विविसीले जनाएको छ।

बुधवार गएको ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परेकाहरुको उद्धारका लागि हजारौं उद्धारकर्मीहरु परिचालन गरिएको छ। भूकम्पमा पनि झन्डै ४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन्।

 

भूकम्पका कारण सयौं घरहरु ध्वस्त भएका छन्। तर क्षतिको यथार्थ विवरण भने अझै आउन सकेको छैन। भूकम्पको क्षति इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा बढी क्षति पुर्याएको बताइएको छ।

इटालीमा आएको ६ दशमलब २ रेक्टर स्केलको भूकम्प सन् २००९ यताको सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् २००९ मा गएको भूकम्पमा करिब तीन सयले ज्यान गुमाएका थिए।

Leave a Reply