प्रधानमन्त्रिलाई ओलीको जवाफ – प्रचण्डका झूठा कुरामा प्रतिक्रिया दिन्न

“संविधान बनाउन एमालेको पहल र दृढ अडानबाट संविधान बनेको हो । यो सबैलाई थाहा छ । काँग्रेसको महाधिवेशन पछि सरकार परिवर्तन हुन्छ पनि भनिएको छ । त्यो भाषा मिलेन । कुरा के हो भने महाधिवेशनपछि सरकार विस्तार हुन्छ । काँग्रेस पनि सरकारमा आउँछ तर आएन भने पनि लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्छ ।”

काठमाडौं, भदौ ९ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमा साँचो बोल्ने नैतिक बल गुमिसकेको भन्दै प्रचण्डका कुराप्रति आफूले कुनै प्रतिक्रिया दिन नचाहने बताएका छन् ।

सत्य बोल्दा आफ्नै बदनाम हुने भएपछि प्रचण्डले भ्रम फैलाउन थालेको ओलीको आरोप छ । उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले भने- साँचो बोल्ने हिम्मत नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया दिनु छैन ।

ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउनेछन् । त्यसपछि उनी चेङमईका नेपालीहरुको कार्यक्रममा सहभागी हुनेछन् । उनले यसबीचमा इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।

अध्यक्ष ओलीलाई बिदाइ गर्न विमानस्थलमा कार्यवाहक अध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायत नेताहरु पुगेका थिए ।

Leave a Reply