मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले देशका लागि के गर्लान् ?

संशोधन
cWoIf cf]nL a}+ss k|:yfg

काठमाडौँ, भदौ ९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नयरी संशोधन मात्र गर्नाको अर्थ नभएको बताएका छन् ।

बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले यसो भनेका हुन् ।

”बिनाउद्देश्य संविधान संशोधन गर्नुको औचित्य छैन’, उनले भने, ”संविधान संशोधनबारे पार्टीलाई औपचारिक कुरा आएको छैन, कसैले प्रस्ताव गरेको छैन, केही–केही पार्टीका बीचमा केही सम्झौता भए भन्ने सुनेको हो ।”

वर्तमान सरकारले एक महिना बित्न लाग्दासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको तर्फ उनले ब्यंग्य गर्न भ्याए ।

“एक महिना बित्न लाग्दा पनि उहाँ (प्रचण्ड) ले मन्त्रिपरिषद् नै गठन गर्न सक्नुभएको छैन, अरु के गर्नु होला ?” उनले प्रश्न गरे, ”कति महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लाग्ने हो ? आफ्नै कार्यकर्ताको चिन्तामा लाग्नुभएको छ, देशको चिन्तामा कहिलेदेखि लाग्ने हो ।”

पूर्वप्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ । उनका साथमा धर्मपत्नी राधिका र स्वकीय सचिव राजेश वज्राचार्य पनि बैंकक गएका छन् ।

Leave a Reply