म्याच फिक्सिङ आरोपित नेपाली खेलाडीको अपिल एएफसीद्वारा खारेज

नेपाली

काठमाडौँ, भदौ ९- एशियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका नेपाली फुटबलरले गरेको अपिललाई खारेज गरेको छ ।

म्याच फिक्सिङ गरेको आरोपमा फुटबलर सागर थापा, सन्दिप राइ, विकास सिंह क्षेत्री र रितेश थापालाई प्रहरीले पक्राउ गरेपछि एएफसीले उनीहरुमाथि आजिवन प्रतिबन्ध लगाएको थियो । यसपछि निलम्बित खेलाडीले प्रतिबन्ध फुकुवाका लागि गरेको अपिलाई एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले खारेज गरेको हो । साथै उनीहरुलाई जनही १ हजार अमेरिकी डलर जरिवाना तिर्न समेत निर्देशन दिइएको छ ।

सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगिताहरुमा म्याच फिक्सिङ्ग गरेको भन्दै नेपाल प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि एएफसी डिसिप्लिनरी कमिटीले सन् २०१५ डिसेम्बर ५ मा उनीहरुमाथि फुटबलसँग सम्बन्धित गतिविधिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Leave a Reply