एकाबिहानै त्रिशुलीमा बस खस्यो, १९ को मृत्यु १२ जना घाइते

त्रिशुली नदीमा फेरी अर्को दुर्घटना

काठमाडौँ, भदौ १० – रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डबाट त्रिशुली नदीमा खस्दा १९ यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा १९ यात्रुको मृत्यु भएको र १२ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर लागिएको छ । सो यात्रुबसमा झन्डै ४० यात्रु सबार थिए |

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो ।

बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ ।

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।

Leave a Reply