यी हुन् भाग्यमानी ससुरा – ज्वाई, महामन्त्रीमा हारेपनि दुवैले मन्त्री पड्काए

काठमाडौं, भदौ १० – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापा नाताले ससुरा र ज्वाइँ हुन् । ससुर र ज्वाई एउटै मन्त्रीपरिषद्का सदस्य भएका छन् । यस्ता भाग्मानी ससुरा–ज्वाइँ दुवै जना कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भए ।

सभापति शेरबहादुर देउवाले दुवैलाई केन्द्रीय सदस्यमा मनोनित गरे । फरक गुट समाएकै कारण ससुरा र ज्वाइँ एकैपटक मन्त्री बन्न सफल भए । यसलाई गजबको संयोग भन्नैपर्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा केसीले सहरी विकास मन्त्रालय र थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । केसी देउवा पक्षबाट र थापा सिटौलाको भागबाट मन्त्री बनेका हुन् ।

त्यसो त गत फागुनमा भएको काँग्रेसको महाधिवेशनमा केसी देउवा समूहबाट र थापा सिटौला समूहबाट महामन्त्रीका रुपमा उठेका थिए ।

त्यतिबेला ससुरा–ज्वाइँ भिड्दा डा। शशांक कोइरालाले महामन्त्रीमा जितेका थिए । सपथ ग्रहणपछि ससुरा–ज्वाइँले हात मिलाएर एकले अर्कालाई बधाइ तथा शुभकामना आदान प्रदान गरे । केसी यसअघि स्वास्थ्यमन्त्री भइसकेका थिए भने थापा पहिलो पटक मन्त्री भएका हुन् ।

Leave a Reply