मन्त्री भएपछिको गगन थापा लिए कडा एक्सन

अख्तियार

काठमाडौँ, भदौ ९- जीवनमा पहिलो पटक मन्त्री बनेका स्वास्थ्यमन्त्री गगन थापाले मन्त्री भएपछि पहिलो काम बैदेशिक रोजगारीमा जाने युवाको स्वस्थ्य परीक्षण सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रीपदको समथ लिने वित्तिकै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थापाले बैदेशिक रोजगारमा जानेको स्वास्थ्य परिक्षणमा हुने समस्या समाधानका लागि समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरु विदेशमा स्वास्थ्य परिक्षण गराउँदा असफल भएर नेपाल र्फकन बाध्य बनेपछि मन्त्रालयले ‘समिति’ गठन गरि छानविनको प्रकृया अघि बढाएको हो । उक्त समितिले समस्याको अध्ययन गर्ने तथा छानविन गर्नेछ ।
वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरुमा स्वास्थ्य परिक्षणलाई लिएर समस्या हुने गरेको विषयमा मन्त्रालयमा उजुरी पर्ने गरेको थियो ।

Leave a Reply