मुग्लिनको सडकखण्ड ज्यान सधैं धरापमा

बस दुर्घटनाका मृतक २२ जनाकै सनाखत

काठमाडौं, भदौ ११ – नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् ।

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण छ ।

‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ । खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन,’ उनले भने, कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ ।’

ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ । घटनास्थल पत्ता लगाउन र उद्धारको लागि धेरै लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Leave a Reply