त्रिशुली नदीमा फेरी अर्को दुर्घटना, आज बिहानै जलविरेबाट ट्रक खस्यो

तीन वर्षमा २३ गाडी त्रिशूलीमा खसे

चितवन, भदौ ११ – शुक्रबार मात्रै नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोला स्थित त्रिशुली नदीमा बस खसेको घटना सेलाउन नपाउँदै आज जलविरेस्थित त्रिशुली नदीमै ट्रक खसेको छ ।

आज विहान जलविरेस्थित त्रिशुली नदीमा ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले क्यापिटल खबर लाई जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुग्दैछ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसघि  झन्डै ४० यात्रु बोकेको यात्रुबस रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्ड बाट त्रिशुली किनारमा खस्दा २२ यात्रुको मृत्यु भएको थियो ।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डी भञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुलीनदीमा खसेको हो ।

Leave a Reply