इराकमा आइएसका लडाकुविरुद्ध टर्कीस् सेनाको कारबाही

आइएस

इस्तानबुल, भदौ ११– टर्कीस् सशस्त्र बलले उत्तरी इराकी नगर कुर्दिसमा आइएसका आतङ्ककारी विरुद्ध हवाई आक्रमण गरिएको समाचारमा जनाइएको छ।

गत महिना टर्कीमा भएको सैनिक ‘कु’ को प्रयासपछि उत्तरी इराकमा टर्कीको सेनाले पटक पटक हवाई आक्रमण गर्ने गरेको बताइएको समाचारमा उल्लेख गरिएको छ।

यस आक्रमणमा परी दर्जनौँ लडाकू मारिएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । तर के कति सङ्ख्यामा लडाकू मारिएका छन् भन्ने बारेमा भने केही पनि बताएका छैनन्।

उत्तरी इराकको कुर्दिस्का साथै हर्कुक क्षेत्रमा पनि कुर्दिस बर्करस् पार्टी (पिकेके) का विरुद्धमा लक्षगरी कैयौं लडाकू विमानले हवाई आक्रमण गरिरहेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ।

राज्यद्वारा सञ्चालित अनादोलु समाचार समितले टर्कीको सुरक्षाबलाई उद्धृतगर्दै सो जानकारी दिएको समाचारमा उल्लेख छ। ती क्षेत्रहरुमा पछिल्ला केही समययता आइएसका क्रियाकलापहरु बढ्दै गएकोले कडा निगरानी राख्ने गरिएको छ।

Leave a Reply