काठमाडौँ उपत्यकामा सबैभन्दा बढी महंगी, मूल्यवृद्धि दोहोरो अंकमा

प्रदूषित

काठमाडौं, भदौ १२ – सरकारी संयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्को महंगीको सामना गर्नुपरेको छ । सरकारी तथ्यांकले नै पहिलो पटक मूल्यवृद्धिको सूचकाँक दोहोरो अंकमा रहेको देखाएको छ ।

सर्वसाधारण भने सरकारी तथ्यांक भन्दा चर्को महंगीको महसूस गरिरहेका छन् । सरकारी संयन्त्र फितलो हुँदा समग्रहमा मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको हो ।

बिचौलियाका कारण उपत्यकामा तरकारीको मूल्य निकै महँगिएको छ । यसकारण सबै भन्दा बढी महंगीको सामना काठमाडौंका उपभोक्ताले गर्नुपरेको छ ।

काठमाडौं उपत्यकामा मूल्यवृद्धि ११ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै पहाडमा १० दशमलव ४ प्रतिशत र तराईमा ८ दशमलव ६ प्रतिशत मूल्य बढेको छ ।

अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलव २ प्रतिशत , पहाडमा ७ दशमलव ३ प्रतिशत र तराईमा ७ दशमलव १ प्रतिशत रहेको थियो ।

दैनिक प्रयोगमा आउने वस्तुको उच्च मूल्यवृद्धिले आमउपभोक्ताको दैनिकी निकै कष्टकर भएको देखाउँछ । यसैको कारण समग्र मूलयवृद्धि सूचकांक पनि उच्च भएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply