तरुण दलमा सदस्य थपिएकोमा कांग्रेसमा विवाद

निर्वाचन परिणाम पछि कोइराला पक्ष निराश : कोइराला छाड्ने देखिंदैछ लहर

काठमाडौं, भदौ १२ – पार्टीमा छलफल नै नगरी तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सदस्य थपिएको भन्दै कांग्रेसमा विवाद भएको छ ।

सात सदस्यीय निर्देशक समितिमा दुई सदस्य थपिएपछि विवाद भएको हो । विवादका कारण समितिको बैठक अनिश्चित बनेको छ ।

६ भदौमा सभापति शेरबादुर देउवाले निर्धारित समयमा तरुण दलको महाधिवेशन गर्न सात सदस्यीय समिति गठन गरेका थिए ।

तर, शनिबार बैठक बोलाइएपछि शनिबार दुई सदस्य थप गरिएको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Leave a Reply