अब बागमती नदीमा पनि र्‍याफ्टिङ

अब बागमती नदीमा पनि र्‍याफ्टिङ

काठमाडौँ, भदौ १२ – बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ । पुडासैनी मैत्री समाजको नेतृत्वमा बागमती सफाइ अभियानको १३३औँ शृंंखला तथा १६औँ जलयात्राको अवसरमा र्‍याफ्टिङ आयोजना गरिएको हो ।

त्यसक्रममा जोरपाटीस्थित हत्यामोचनघाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्म साढे तीन किलोमिटर र्‍याफ्टिङ गरिएको हो । त्यसमा २१ वटा बोटमा एक सय ७० जनाले जलविहार गरे ।

Leave a Reply