ललिगामा रियल दोस्रो जित, एथ्लेटिको लेगानेससँग गोल रहित बराबरीमा रोकियो

रियल म्याड्रिडको दोस्रो जित

ड्रिड, भदौ १२ – रियल म्याड्रिडले सेल्टाभिगोलाई २–१ गोलअन्तरले पराजित गर्दै सिजनको दोस्रो जित दर्ता गरेको छ । खेलको ८१ औं मिनेटमा जर्मन मिडफिल्डर टोनी क्रुसले उत्कृष्ट गोल गर्दै रियललाई ३ अंक दिलाएका हुन् ।

खेलको एक घण्टासम्म दुवै टोलीले गोल गर्न नसकिरहेको अवस्थामा खेलको ६० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछिको खेल भने निकै रोमाञ्चक बनेको थियो ।

७ मिनेट पछि नै गोल गर्दै फाबियन ओरेलानाले सेल्टालाई बराबरीमा ल्याए । खेल बराबरीमै सकिन लाग्दा क्रुसको लामो दुरीको प्रहार गोलमा परिणत भएको थियो । यसअघि लुका मोड्रिचको प्रहार पोस्टमा लागेको थियो ।

उता, रियलको चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिड भने लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । नवप्रवेशी लेगानेससँग एथ्लेटिको गोल रहित बराबरीमा रोकिएको हो ।

Leave a Reply