बंगलादेशको चौथो विकेट पतन

1

काठमाडौँ ;माघ २२  –२१२ रनको चुनौती पछ्याउदै गरेको बंगलादेशी टोलीको चौथो विकेट पतन भएको छ |साथै नेपाली खेलाडी उतात्साहित भएको देखिन्छ |यो समाचार तयार पर्दा सम्म घरेलुतोली बंगलादेशको ३० ओवेरमा ४विकेट गुमाएर १०४ रन बनाई खेलिरहेको छ|

टस जितेर पहिले ब्याटिंग गरेको नेपाल ले निर्धारित ५० ओबरमा ८ विकेटको क्षेतिमा २११ रन बनाउन सफल वयेको छ |नेपालका लागि कप्तान राजु रिजालले सर्बाधिक ७२ रन बनायकका छन् उनले ८० बलको सामना गर्दै १ छक्का र ८ चौका प्रहार गरेका छन् |तेस्तै सुनिल धमलाले २५ ,दिपेन्द्र सिंग र प्रेम तामांगले समान २२ रन जोडेका छन् |प्रतियोगितामा नेपालका खेलाडीहरुले १७चौका र १छक्का प्रहर गरेका थिए |बल्लिंग तर्फ भने बंगलादेशका महमद सुइफुदीनले सर्बाधिक २ विकेट लिएका छन् भने नेपालका ४ खेलाडी रन आउट भएका छन् |

आहिले आयोजक बंगलादेशले जबाफी ब्याटिंग गरिरहेको छ यदी आजको खेल जित्न सके नेपालले इतिहास रच्दै सेमिफाइनलमा पुग्ने छ |यस अघि नेपालले सन् २०००मा पहिलो पटक यु १९ विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा भारत संग ७ विकेटले पराजित भएर सेमिफाइनलमा पुग्न सकेको थिएन |

यु १९ विश्वकप क्रिकेटमा नेपाल र बंगलादेश दोश्रोपटक प्रतिस्पर्धा गरिरहेका छन् |यस अघि नेपालले सन् २००२को यु १९ विश्वकप क्रिकेटको प्लेट च्याम्पीयांसिप्को फाइनलमा स्थान पक्का गर्ने क्रममा नेपालले बन्ग्लदेश्लै २३ रनले हराएको थियो |

एक उत्तर छोड्न