बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसंग आरुघाटवासीको आग्रह

बुढीगण्डकीलाई प्राथमिकतामा राख्न आरुघाटवासीको आग्रह

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले कुनै वेला अध्यापनको क्रममा आफू बसेको गोरखाको आरुघाटले आफूलाई राजनीतिक जीवनमा ऊर्जाशील काम गरेको बताएका छन् । आरुघाटवासीको तर्फबाट सामूहिक बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् । उनलाई बधाई दिन आरुघाटवासी सामूहिक रूपमा शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

आरुघाट बसाइ ऊर्जाशील

‘२३–२४ वर्षको उमेरमा आरुघाटमा अढाइ-तीन वर्ष अध्यापन गरेँ । त्यो बसाइ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो,’ प्रधानमन्त्रीले आरुघाटवासीसँग भने, ‘२३–२४ वर्षको उमेरमा आरुघाटको बसाइ र अध्यापनले मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको काम गरेको छ ।’ आरुघाटको बसाइ निकै पवित्र, आत्मीय र ऊर्जामय भएको प्रधानमन्त्रीले पटकपटक दोहो-याए ।

आरुघाटवासीका मागमा प्रतिबद्धता

प्रधानमन्त्रीले गोरखा आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । भेटमा आरुघाटवासीले भूकम्पको शीघ्र पुनर्निर्माण गर्न, बुढीगण्डकी जलविद्युत् आयोजनालाई प्राथमिकतामा राख्न, आयोजनाका कारण डुबानमा परेका र पर्न सक्ने बस्तीहरूको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ |

Leave a Reply