निधिले ओकले प्रम द्वारा मोदीलाई लेखिएको पत्र

प्रस्ताव

काठमाडौँ, भदौ ११-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतको रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमले मोदीलाई लेखेको पत्रबारे संसदलाइ जानकारी गराएका छन्। उनले आफ्नो भारत भ्रमणका विषयमा संसदलाई जानकारी दिने क्रममा पत्रको विषयमा समेत जानकारी गराएका हुन्।

निधिका अनुसार पत्रमा नयाँ ‘सरकारले लिएको विदेश नीतिबारे’ उल्लेख थियो जसमा ‘छिमेकी मुलुकको सम्बन्धलाई उच्चतम प्राथमिकता दिएको’ विषय थियो। त्यस्तै प्रधानमन्त्रीले निधिलाई विशेष दुत तोकेको विषय पनि उल्लेख थियो। उहाँका अनुसार  पत्रमा ‘परिवर्तित राजनीतिक सन्दर्भमा उच्चस्तरीय भ्रमणमार्फत् सम्बन्ध उच्च स्तरको बनाउने विषयमा’ थियो।

मोदीलाई प्रचण्डको पत्र हस्तान्तरण गरेको उल्लेख गर्दै निधिले ‘उच्चस्तरीय भारत भ्रमणको माध्यमबाट द्विपक्षीय सम्बन्ध सम्बर्द्धन गर्न ठोस कदमहरु चाल्नेबारे विचारहरुको आदान प्रदान हुने आशा’, पत्रमा गरिएको सदनलाई जानकारी दिए।

 

Leave a Reply