हप्तै पिच्छे हुन थाले सवारी दुर्घटना, अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ को घटनास्थलमै मृत्यु

अर्घाखाँचीको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

अर्घाखाँची, भदौ ११- अर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । उद्धार कार्यमा रहेको एक स्थानीयकाअनुसार घटनास्थलमा ९ जनाको शव फेला परेको छ ।

घाइतेहरु ६ जना रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल तर्फ पठाइँदैछ । अर्घाखाँचीको हंशपुरमा भएको ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

पछिल्लो समयमा मुलुकमा सवारी दुर्घटनामा वृद्धि हुँदा चिन्ता बढाएको छ । पछिल्लो पटक गएको शुक्रबार नारायणघाढ–मुग्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । साथै नारायणी नदीमा बस खसेकाले ६ जना अझै बपेत्ता भएका बताइएको छ ।

Leave a Reply