जेब्रा क्रसिङ रेक्सपेक्ट नगर्नेलाई कडा कारबाही गरिने : डिआईजी अर्याल

काठमाडौं, भदौ १२–प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले जेब्रा क्रसिङको रेक्सपेक्ट नगर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी त्रिचन्द्र क्याम्पसले आयोजना गरेको ‘दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा जनचेतना कार्यक्रम’मा उनले सो कुरा बताएका हुन् ।

उपत्यकामा ६०० जना स्काउटका प्रतिनिधि र सिभिल पुलिस जेब्रा क्रसिङको लागि खटाइको भएपनि रेक्सपेक्ट नभएको भन्दै उनले प्रतिदिन २ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परेको गरेको बताए ।

अर्यालका अनुसार ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनाबाट प्रतिदिन २ जना र प्रतिवर्ष २ हजार भन्दा बढीले ज्यान गुमाउने गरेका छन् । प्राय मोटरसाइकलको पछाडी बस्ने व्यक्तिको मृत्यु हुने गरेको उनले बताए ।

उनले भने, ‘सडकमा पूर्वाधार छैन, भएको ठाउँमा प्रयोग गरिदैँन् । त्यसैले सडक दुर्घटना दिनहुँ बढ्दै गइरहेको छ ।’ र, जेब्रा क्रसिङको पेन्ट बर्खा सकिएपछि तत्काल गरिने उनले बताए ।

नौ लाख भेहिकल उपत्यकामा हुँदाहुँदै गत फागुनदेखि साउनसम्म १ लाख नयाँ भेहिकल उपत्यकामा थपिएको समेत उनले बताए ।

यस्तै त्रिचन्द्र क्याम्पस प्रमुख प्रदिप बहादुर न्यौपानेले त्रिचन्द्र क्याम्पस अगाडि आकाशे पुलको आवश्यकता छ, यसको लागि हामीले नै नेपाल सरकारसँग पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले क्याम्पस अगाडि आकाशे पुलको आवश्यकता भएकाले तत्काल पूरा गर्दिन डिआईजी अर्यालसँग माग गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उपत्यकालाई नै नयाँ तरिकाले व्यवस्थित गर्ने जस्ता धारणा राखेका थिए ।

Leave a Reply