भारतमा रेल दुर्घटनामा ४० घाइते

भारतमा रेल दुर्घटनामा ४० घाइते

नयाँ दिल्ली,  माघ २२  –  दक्षिणी भारतीय राज्य तामिलनाडुमा शुक्रबार विहान सबेरै भएको रेल दुर्घटनामा कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

बैङ्लोर बाट कन्या कुमारीतर्फ गईरहेको सो रेलेको चार वटा डिब्बा पटरी बाट छुट्टिए पछि सो दुर्घटना भएको इन्डो एसियन समाचार सेवाले जनाएको छ ।

प्रान्तीय राजधानी चेन्नाई बाट १७० किलोमटिर टाढा रहको भेल्लोरे जिल्लामा उक्त दुर्घटना भएको इन्डो एसियन समाचार सेवाले जनाएको छ ।

भारतको दक्षिणी रेलवे सेवाले प्रकाशित गरेको विज्ञप्तिमा बिहानी पख करिब ४ः१५ मा उक्त दुर्घटना भएको थियो ।

यस दुर्घटना पछि सो इलाकामा चल्ने ११ वटा रेलको सेवा शुक्रबार बिहान स्थगित गरिएको जनाइएको छ ।

Leave a Reply