सदस्य सचिब केशब बिस्टको पद धरापमा

सदस्य सचिब केशब बिस्टको पद धरापमा

काठमाडौं , माघ २४ – दक्षिण एसियाली खेलकुद प्रतियोगिता सकिए लगत्तै राष्ट्रिय खेलकुद परिषद्क सदस्य सचिब केशब बिस्टको पद धरापमा पर्ने भएको छ |

उनको पार्टी एमाले निकट स्रोतले दिएको  जानकारी अनुसार साग सकिए लगत्तै उनलाई फिर्ता बोलाउने तयारी भईरहेको छ | यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनि विरूद्ध मुद्दा दायर गर्ने तयारी गरेको बुझिएको छ |  दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नाममा निकासा भएको रकम र खर्चको प्रकृति कुनै पनि रुपमा नमिलेको पाएपछी अख्तियारले त्यस्तो तयारी गरेको बुझिएको छ |

एकै व्यक्तिको नाममा करोडौं रुपैंया खातामा राखेर राखेपले सागमा सहभागी हुने काम गरेको छ | त्यो पनि कानुन सम्मत छैन | खेल संघ हरुलाई दिईएको रकम पनि कानुन र नियमको खिल्ली उडाउने गरि नै गरिएको पाइएको छ |

जग हँसाईको पात्र 

सदस्य सचिब बिस्टले आफैले आफैलाई निबेदन दिएर पाँच लाख रुपैया निकासा गरेका छन् | राखेप स्रोतले दिएको जानकारी अनुसार सर्बोच्च अदालतमा मुद्दाको सेटिंग मिलाउनका लागि भनेर अधिबक्ता शम्भु थापालाइ रू पाँच लाख रुपैंया दिनका लागि उनले यस्तो जग हँसाउने काम गरेका हुन् |

कंहि नभएको जात्र हण्डी गाउँमा भने झैं बिस्टले एउटा निबेदन आँफैले आफैलाई लेखे | त्यो निवेदनमा आँफैले पाँच पलह रुपैंया दिने भनेर तोक पनि लगाए |  अनि पाँच लाख रुपैयाँ झिके | यो जग हसाउने बाहेक अर्को क काम हुन सक्छ |

त्यति मात्र होइन, उनले व्यक्तिगत खातामा ४ करोड पचास लाख राखेर पनि आर्थिक अनुशासनको धज्जी उडाएका छन् | सागमा सहभागी हरुका लागि टिकट खर्च भनेर सो रकम इन्द्र कार्कीको नाममा राखिएको बताइएको छ | टिकट लिने समय नभएकाले त्यसो गरेर एउटा समिती मार्फत टिकट खरिद बिक्रीको काम गरिएको राखेपले दाबि गरेको छ |

ब्लेजर सिलाउन टेन्डर आब्हान गर्न भ्याउने तर टिकट खरिद गर्न समय नभ्याउने यो कस्तो काईदा हो ? राखेपका एक पदाधिकारीले प्रस्न गर्दै भने | उनका अनुसार आर्थिक नियमावली संस्थान खरिद ऐन लगाएतका सबै नियम कानुनलाई राखेप सदस्य सचिब विस्टले डस्टबिनमा राखेर साग सहभागिता गराएका छन् |

आजको देशान्तर साप्ताहिकमा यो खबर प्रकाशित छ

 

Leave a Reply