वीरगन्ज चिनी कारखानाको निरीक्षण

वीरगन्ज, माघ २४-  उद्योग राज्यमन्त्री मेघराज नेपालीले लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको आज निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो ।

लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना यथाशीघ्र सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री नेपालीले चिनी कारखाना सञ्चालन रहेको बखत कार्यरत रहेका बाँकी कर्मचारीको तलब सुविधासमेत उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । राज्यमन्त्री नेपालीले स्वदेशी उद्योग फस्टाउन सबै खाले रणनीति सरकारले अपनाउने बताउँदै स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी उत्पादन बढाउने र लगानीकर्ताको लगानीको सुनिश्चितता गर्ने उद्योग नीति वर्तमान सरकारले अवलम्बन गरेको बताउनुभयो ।

तत्कालीन सोभियत सङ्घको सहयोगमा स्थापित कृषि औजार कारखानाले कुटो, कोदालोका अतिरिक्त हलो, ट्रेलर, थ्रेसर, पम्पसेट, फोहर फाल्ने कन्टेनर, विद्युत् पोल, एअरलाइन्सका ग्राउण्ड इक्विपमेन्ट, झोलुङ्गेपुल, खानेपानी र ढल व्यवस्थापनका औजारलगायत वस्तु उत्पादन गर्दै आएका थियो । वार्षिक १६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो कारखाना २०५० सालमा बन्द गरिएको थियो । बन्द रहेको कारखाना पुनःसञ्चालन गर्नुपर्ने माग राख्दै विगतसमयदेखि वीरगन्ज चिनी कारखाना सञ्चालन सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

Leave a Reply