रु एक करोड अनुदान वितरण

एक करोड अनुदान वितरण

फलेवास (पर्वत), माघ २५ -विपन्न परिवारको जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले पर्वतमा झन्डै रु एक करोड अनुदान वितरण गरिएको छ ।

पर्वत जिल्लाका ३९ वटा सामुदायिक वनका ६६० परिवारलाई जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम वितरण गरिएको हो ।

उनन्तीसवटा सामुदायिक वनका विपन्न परिवारलाई नगद रु १५ हजारका दरले रकम वितरण गरेपछि उनीहरु आयआर्जनका कार्यमा सक्रिय हुन थालेका छन् ।

प्रत्येक वनका १० देखि २० जना विपन्न उपभोक्तालाई रु ९९ लाख रकम वितरण गरिएको जनाइएको छ । बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत लिवर्डको सहयोग र इन्प्रेड नेपालको व्यवस्थापनमा रकम वितरण गरिएको जनाइएको छ ।

उपभोक्ता समूह र विपन्न परिवारको पाँच वर्षे जीविकोपार्जन सुधार योजनाअन्तर्गत रकम वितरण गरिएको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त रकम पाएपछि व्यावसायिक रुपमा बाख्रापालन, माहुरीपालन, तरकारीखेती, बङ्गुरपालन, कुखुरापालनलगायतका व्यवसायमा लगानी गरिएको छ । गाउँ गाउँमा पुगेर उनीहरुको आर्थिक अवस्थालाई सुधार गर्न यस्तोखालको कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाको कुश्मा नगरपालिकाका विभिन्न वडा, कुर्घा, भोक्सिङ, खौला, कार्कीनेता, तिलाहार, टकलाक, होस्राङ्दी, लुंखुदेउराली, पाखापानीलगायतका गाविसका कृषकलाई वितरण गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply