महरा बिरुद्द खनियो वाइसिएल

अर्थमन्त्री

काठमाडौँ माघ २५- एमाओबादिको महासचिब कृष्ण बहादुर महरा विरूद्ध वाइसिएल खनिएको छ , जसको प्रत्यक्ष उदाहरण एमाओबादिको सहायक संगठन वाइसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरूद्ध चर्को नारा लगाउनु हो |

स्वयम् महराले अख्तियारको पत्रलाई सहर्ष स्वीकार्दै आफ्नो बयान दिईसकेका छन्| अख्तियार संबैधानिक निकाय हो , त्यसलाई सबैले अक्षरश पालना गर्नुपर्छ |

विधिको शासन पालना गर्ने निकायलाई कमजोर पर्नुहुँदैन भनि उहाँ स्वयम्ले गत साता नेपालगन्जमा आयोजित एक समारोहमा भन्नुभएको थियो | एमाओबादिका सुत्रका अनुसार महराले पार्टी कार्यालयमा वाइसिएल नेताहरु डाकेर उत्ताउलो काम भयो , यस्तो कार्य आइन्दा नहोस भनि सम्झाउनु पनि भयो |

आजको जनभावना साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

Leave a Reply