बाबुरामको नयाँ शक्ति:पुरानै शरिर, कपडा मात्रै नयाँ

बाबुराम भट्टराईले स्थापना गरेको नयन शक्ती नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई बिबादमा पुगेको छ भन्दा कसैलाई पत्यार नहोला ! तर बैधानीक रुपमा पार्टी न बन्दै बाबुराम स्वयम्कै

काठमाडौँ , माघ २५ – डा . बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले पुरानै शरिर, कपडा मात्रै नयाँ राखेर  केन्द्रिय परिषद् सदस्यहरुको कार्यविभाजन गरेको छ ।

केन्द्रिय परिषद् सदस्यहरुको चयनमा नै पुराना पार्टीहरुमा जस्तै पद , शक्ति र गुलामीको हतियार प्रयोग भएको आलोचना भईरहेकै अबस्थामा भएको कार्यविभाजनले झन् विवाद उत्पन्न भएको एक केन्द्रीय अभियन्ताले क्यापिटल खबरलाई बताए |

पार्टी संगठन चलाउन मुख्यत भूगोलमा खट्ने नेता कार्यकर्ताहरु नयाँ सबल र सक्षम हुनुपर्नेमा पुरानै एमाओबादिमा असफल भएका नेतालाई अस्थिपन्जर मानिने भूगोलको जिम्मा दिएर अन्य विभिन्न बिभागहरुमा भने  बाहिरको नयाँ कपडा लगाए जसरि नयाँ व्यक्तिहरु राखिएको छ | भर्खरै नयाँ शक्तिमा लागेका एक सदस्य नाम नबताउने सर्तमा भन्छन – ” विभागमा रहने मान्छे जनताकोमा भोट माग्न  जान्छ कि ? भूगोलमा रहने ? तसर्थ  नयाँ शक्तिको काम त अब आइ एन जी ओ को जस्तो पो हुने भयो ? ”

यसै बीच शनिबार र आइतबार सम्पन्न परिषद् बैठकले ५१ सदस्यीय सचिवालय निर्माण गरिएको छ । जसमा केन्द्रिय संयोजक, ७ प्रदेशका संयोजक तीन आंगिक विभागका संयोजकहरु, विभागीय संयोजकहरु, प्रवक्ता रहेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

 कार्यविभाजन

राजनैतिक विभाग संयोजक  : डा . बाबुराम भटटराई

प्रवक्ता : खिमलाल देवकोटा

प्रदेश नं. १ : राजेन्द्र किराती
प्रदेश नं. २ : रामचन्द्र झा
प्रदेश नं. ३ : वलावती शर्मा
प्रदेश नं. ४ : देवेन्द्र पराजुली
प्रदेश नं. ५ : वामदेव क्षेत्री
प्रदेश नं. ६ : भक्त वहादुर शाह
प्रदेश नं. ७ : लिलादेवी भण्डारी

आंगिक संगठनहरुको संयोजन : कुमार पौडेल

राष्ट्रिय मोर्चा संयोजन : रामकुमार शर्मा
पेशागत संगठन संयोजन : डा प्रविण मिश्र

सचिवालय व्यवस्थापन तथा अनुगमन विभागः केशव दाहाल
संगठन विभागः देवेन्द्र पौडेल
प्रशिक्षण विभागः डम्वर खतिवडा
आर्थिक तथा सुशासन विभागः रामेश्वर खनाल
सुचना तथा संचार विभागः मुमाराम खनाल
अन्तराष्ट्रि विभागः नवराज सुवेदी
उत्पादन तथा दिगो विकास विभागः मदन राई
सामाजिक अभियान विभागः पासाड शेर्पा
नीति अध्ययन तथा अनुसन्धन विभागः सुरेन्द्र चौधरी
महिला विभागः कल्पना धमला
दलित तथा अल्पसंख्यक विभागः बाँकि
संघीय मामलाःबाँकि
सांस्कृतिक विभागः अशोक शर्मा
शहिद तथा वेपत्ता परिवार र घाईते अपांग विभागः हिसिला यमी
सदन,सरकार, राज्य समन्वय विभागः बाँकि
सहकारी तथा स्वरोजगार विभागः डा प्रदिपमान तुलाचन
कृृषि तथा भुमि मामला विभागः डा दिल वहादुर गुरुड
उद्योग, वित्त वाणिज्य तथा पर्यटन विभागःडा केशव मान शाक्य
गैरसरकारी संस्था विभागः दुर्गा सोव
प्राकृतिक विपद व्यवस्थापन विभागः रिषवदेव भटटराई
स्वास्थ्य तथा योग साधना विभागः डा जितेन्द्र महासेठ
युवा तथा खेलकुद विभागः गंगा श्रेष्ठ
शिक्षा विभागः डा राजेन्द्र केसी
सुरक्षा विभागः नारायण राज पाण्डे
जलश्रोत तथा उर्जा विभागः हरिराम कोईराला
प्राकृतिक श्रोत साधन विभागः व्रज किशोर यादव
कानुन तथा मानवअधिकार विभागःमुक्ति प्रधान

 

Leave a Reply