विप्लब र सिके राउतले हतियार उठाउने

0
बिप्लबका

काठमाडौँ, माघ २५ – एकै समयमा पहाडबाट र तराईबाट क्रमशः विप्लब र सिके राउतले हतियार उठाउने कुरा भारतले चाहेको  समाचार  बाहिर आएको छ |

विप्लबले फाल्गुन १ गते देशैभरि प्रतिरोध संघर्ष गर्न सक्ने भन्दै विप्लबबाट बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिमा हालै प्रवेश गरेका एक नेताले बताए | प्रधानमन्त्री के पी ओलीको भ्रमण पछी आउने प्रतिक्रियाले नै सिके रावतको गतिबिधि निर्धारण हुने एक स्रोतले बतायो |

विप्लबको २/४ वटा घटना गराएर शक्ति निर्माण गर्ने र सत्ताको साझेदारी गर्ने भनेपछि दुर्घटना पनि हुन सक्छ भनेर शान्तिपूर्ण ढंगले स्वस्थ प्रतिस्पर्धाबाट सरकारमा पुग्ने बाटो रोजेर हामी बाबुरामको नेतृत्वमा आएको उनले बताए |

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित छ |

एक उत्तर छोड्न