कोइराला पक्ष निराश : कोइराला छाड्ने देखिंदैछ लहर

निर्वाचन परिणाम पछि कोइराला पक्ष निराश : कोइराला छाड्ने देखिंदैछ लहर

काठमाडौं माघ २५- नेपाली कांग्रेसको क्षेत्रीय अधिबेशनको निर्बाचन परिणामपछि कोइराला पक्ष निराश बनेको छ भने कोइराला छाड्ने लहर नै देखिंदैछ |

गत १२ औं महाधिवेसनमा प्राप्त ४५ प्रतिशत मतलाई सुरक्षित राख्दै त्यसमा कम्तीमा २० प्रतिशत थप्ने बरिष्ठ नेता देउबाको अभियान करिब करिब सफल भएको छ | क्षेत्रीय अधिबेशनको परिणामले पनि त्यसलाई पुस्टि गरेको छ |

कोईराला पक्षमा को उमेद्वार बन्ने भन्ने बिबाद कायमै रहेको र देउबा पक्षका प्रभावशाली नेताहरु बिमलेन्द्र निधि , खुम बहादुर खड्का , गोपालमान श्रेष्ठ , बालकृष्ण खांड , डा . प्रकाशशरण महत , पूर्ण बहादुर खड्का , महेन्द्र यादब , अजय चौरसिया , डा. डिना संगौला , पुष्प भुसाल , इश्वरी न्यौपाने, डिना उपाध्याय , रमेश लेखक , मिन बिश्वकर्मा , चित्रलेखा यादब अहोरात्र खटिएका कारण पनि महाधिबेशन प्रतिनिधि चयनमा यस्तो सफलता मिलेको हो |

अर्जुननरसिंह केसीले कोइराला पक्ष छोडेको प्रभाब नुवाकोटमा देउबाको पक्षमा राम्रै देखियो |

प्रभाबशाली युवा केन्द्रीय सदस्य चन्द्र भण्डारी कोइराला पक्ष छाडेर देउबा पक्षमा लाग्दाको प्रभाब देशब्यापी देखियो |

त्यसैगरी बिगत महाधिवेसनमा निकै कमजोर रहेको गण्डकी अंचलमा पुर्बसभामुख तारानाथ रानाभाट, चिरन्जिबी वाग्ले, शुक्रराज शर्मा , महादेव गुरुङले यस पटक देउबाको पक्षमा निकै ठुलो माहोल ल्याइदिएका छन् |

गोविन्दराज जोशी समुहका प्रभावशाली नेताहरु मध्य केबी गुरुङ , लक्ष्मण प्रसाद घिमिरे , र बिनयध्वज चन्दले देउबाको पक्षमा निकै ठुलो कसरत गरिरहेका छन् |

त्यसै गरि पुर्बी पहाडी क्षेत्रमा पनि शिब बस्नेतले देउबाको पक्षमा राम्रै माहोल ल्याएका छन् | झापामा देउबा पक्षले अग्रता हासिल गर्नुमा विश्वप्रकाश शर्मा र केशबकुमार बुढाथोकिको महत्वपुर्ण योगदान छ | गत महाधिबेशनमा यी दुवै जना कोइराला पक्षमा थिए |

लमजुङमा पनि डा. टंकराज गुरुङ संस्थापन पक्ष छाडेर देउबा पक्षमा लाग्दाको परिणाम निकै सकारात्मक देखिएको छ |

आजको तरुण साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

Leave a Reply