सिरकले थिचेर नाबालक छोराको हत्या

सुरुङ्गा(झापा), माघ २५- बिर्तामोड नगरपालिका–२ निवासी एक व्यक्तिले मादक पदार्थ सेवन गरी नाबालक छोराको हत्या गरेका छन् ।

बिर्तामोड नगरपालिका–२ रामचोक निवासी २० वर्षीय देव दासले मादक पदार्थ सेवन गरी छ महिने छोरा सुरज दासको सिरकले थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

गए राति छोरालाई सिरक र डसनाले थिच्दै गर्दा आमाले देखेर तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा पु¥याइएपनि शिशुको उपचारकै क्रममा मृत्यु भएको इप्रका बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

हत्यामा संलग्नलाई इप्रका बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Leave a Reply