भूकम्पमा च्यापिएका एक बालिकाको ६० घण्टापछि उद्धार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

2
शक्तिशाली

ताइनान, (ताइवान),  माघ २५- ताइवानमा रहेको एक अपार्टमेन्ट भवनमा सोमबार एक आठ बर्षीया बालिकाको जीवितै उद्धार गरिएको समाचार छ ।

ताइवानमा गत शनिबार गएको ६.७ रिक्टर स्केलको शक्तिशाली भूकम्पको ६० घण्टापछि ती बालिकालाई उद्धार गरिएको हो ।

यसअघि पनि सोमबार नै भूकम्पको ५६ घण्टापछि एक पुरुषलाई भूकम्पबाट भत्किएको भवनको भग्नावशेषबाट उद्धार गरिएको थियो ।

यस भूकम्पमा परी अझै पनि एक सयभन्दा बढी व्यक्तिलाई च्यापिएर रहेको जनाइएको छ । सो भूकम्पमा परी हालसम्म ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

भूकम्पमा मारिएकामध्ये १० बालबालिकासहित ३८ जनाको मृत्यु भएको हो । सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

घाइतेमध्ये केही व्यक्तिको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने प्रहरीले जनाएको छ ।

ताइवानमा सन् १९९९ मा आएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

एक उत्तर छोड्न