प्रधानमन्त्री ओलीद्वारा स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण

सुशील

काठमाडौँ,  माघ २६- प्रधानमन्त्री केपी शर्मा ओलीले स्व पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओली केहीबेरअघि कोइराला निवास महाराजगन्ज जानुभई कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सिपी मैनाली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत महाराजगन्ज पुग्नुभएको थियो ।

यसैबीच पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसहितका नेताहरुले कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

त्यस्तै संवैधानिक निकायका प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरु पनि कोइराला निवास पुगी श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

कोइराला निवास महाराजगन्जमा अहिले नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणको भीड लागेको छ ।

Leave a Reply