भारतका प्रधानमन्त्री मोदीको समवेदना

काठमाडौँ, माघ २६- भारतका प्रधानमन्त्री नरेन्द्र दास मोदीले नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन प्रति दुख तथा समवेदना प्रकट गर्नु भएको छ  |

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको निधन प्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनता लाई हार्दिक समवेदनाव्यक्त गर्नु भएको छ ।

नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गर्नु भएको छ ।

Leave a Reply