काँग्रेस रसुवाको मतगणना स्थगित

निर्बाचित

धुन्चे (रसुवा),  माघ २६- नेपाली काँग्रेस रसुवाको जिल्ला र महाधिवेशन प्रतिनिधि चयनका लागि सम्पन्न निर्वाचनको मतगणना कार्य स्थगित भएको छ ।

निर्वाचन सम्पन्न गराउन केन्द्रबाट खटि आउनु भएका मतदान अधिकृत एमपी भुसालका अनुसार पार्टी सभापति सुशील कोइरालाको निधनले मतगणना स्थगन गरिएको हो ।

सोमबार साँझ सम्पन्न जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनमा १८७ मतदाता मध्ये १७८ जनाले मतदान गरेका छन् ।

राति नै सुरु भएको मत गणनाको क्रम अगाडि बढ्दै पार्टी सभापति सुशील कोइरालाको  निधनको दुःखद् खबर आएपछि गणना गरि सकिएको मत परिणाम र गणना गर्न बाँकी मतपत्र सिलबन्दी गरी आफु  काठमाडौँ  फेर्केको र गणना हुन बाँकि सबै मत पछी गणना हुने मतदान अधिकृत एमपी भुसालले बताउनु भयो ।

 

Leave a Reply