अपडेट: नेपाललाई पाकिस्तानबाट २५९ रनको लक्ष्य, नेपालको कमजोर प्रदर्शन

२५९ रनको लक्ष्य

काठमाडौँ,माघ २६- उन्नाइस वर्षमुनि (यु–१९)को विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ स्थानका लागि भइरहेको पाकिस्तानविरुद्धको ‘प्ले अफ म्याच’मा नेपालले जितका लागि २५९ रनको लक्ष्य पाएको छ ।

बङ्गलादेशको फलुल्लाहस्थित मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५८ रन बनाएको छ । मध्यम स्कोरमा पाकिस्तानलाई समेट्न नेपालका लागि सन्दीप लामिछानेले ३, आरिफ शेख र दीपेन्द्र ऐरीले २÷२ तथा सुशील कँडेलले १ विकेट लिए ।

बलिङमा नेपालले सुखद सुरुआत गरेको थियो । पाकिस्तानका दुई विकेट झारेका नेपालका आरिफ शेखले मोहम्मद उमर र गैहार हाफिजलाई ०÷० रनमा पेभेलियन फर्काएका थिए । त्यतिबेलासम्म पाकिस्तानले ०.३ ओभरमा ३ रन मात्र जोडेको थियो । त्यसपछि १३.२ ओभरमा नेपालका दीपेन्द्रले अर्को विकेट लिँदा पाकिस्तान ३०÷३ को अवस्थामा रह्यो ।

सस्तैमा विकेट गुमाएर दबाबमा परेको पाकिस्तानका लागि हसन मोहिनले शतकसहित ११७ रन तथा सइफ मोहसिनले ८८ रन बनाए । अन्ततः उनीहरु नेपालका सन्दीप लामिछानेको सिकार भए । पछि सन्दीपले पुनः अर्को विकेट लिए भने दीपेन्द्रले अर्को विकेटमा नाम लेखाए । त्यस्तै सुशीलले अन्तिम विकेट लिए ।

नेपालको कमजोर प्रदर्शन 

जवाफी ब्याटिंगमा उत्रेको नेपालले  ४३.५  ओभरमा   सबै   विकेट  गुमाई   १३६   रन  मात्र  बनाउन सक्यो |जसमा प्रेम तामांगले ९१ बलमा ६५ रन बनाई नट आउट रहे |

Leave a Reply